सर्वाेच्चले भन्यो, भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्नु
काठमाडौं । सर्वाेच्च अदालतले लामो समयको रस्साकस्सीपछि भरतपुर महानगरपालिका –१९ मा निर्वाचन गर्ने फैसला सुनाएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना भइरहेका बेला मतपत्र च्यातिएको थियो । त्यसमा विवाद भएपछि निर्वाचन आयोगले सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको थियो ।
सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् ।
सर्वाेच्च अदालतले लामो समय लगाउँदा भरतपुरको मतगणना कार्य स्थगित हुँदा अन्योल बढेको थियो । सर्वाेच्चले फैसला सुनाएपछि निर्वाचनमा जान राजनीतिक दलहरु बाध्य भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बाहेकका दलहरुले मतगणना जारी राख्न माग गर्दै आएका थिए । तर, सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पुनः निर्वाचन गर्नुपर्ने अडान राख्दै आएका थिए ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्य राति वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेको एमाले नेताहरूले आरोप लगाउँदै आएका छन् ।
सर्वाेच्चको अदालतको फैसलापछि अधिकांसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई जिताउने खेल भएको आरोप लगाएका छन् । भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहँदासम्म नेकपा एमालेका देवी ज्ञवाली अग्रस्थानमा थिए ।
प्रतिकृया दिनुहोस