विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी

Tala

कञ्चनपुर । भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कञ्चनपुरले तालाबन्दी गरेको छ ।

विद्युत् कटौतीको समस्या समाधान गर्न विद्युत् कार्यालयलाई पटकपटक ज्ञापन र स्मरणपत्र बुझाउँदा पनि अटेर गरेको भन्दै विद्युत् कार्यालयका प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको क्रान्तिकारी विद्यार्थी सङ्गठनले जनाएको छ ।

क्रान्तिकारी विद्यार्थी सङ्गठन कञ्चनपुरका अध्यक्ष वीरेन्द्रराज विष्टले विद्युत आपूर्ति समस्या समाधानका लागि दिइएका दबाबको बेवास्ता गरेकाले तालाबन्दी गरिएको बताए । अध्यक्ष विष्टले भने ‘हामीले यसअघि पनि सातदिने अल्टिमेटम दिएका थियौँ,’ ।

मुलुक विद्युत् कटौतीबाट मुक्त भए पनि यहाँ समस्या समाधानका लागि पहल गरिएन ।’ उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...