महानगरीय प्रहरी वृत्त गौशलाको नवनिर्मित भवनको उद्धघाट्न

Dig

काठमाडौ, । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको उद्धघाट्न गरेका छन् ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भण्डारीले महानगरीय प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको अवस्थामा प्रहरी भवन निर्माणको लागि नागरिकहरूले देखाएको तत्परताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण र अनुसन्धानको जिम्मा नेपाल प्रहरीको भएता पनि अपराध समाजकै व्यक्तिले गर्ने, त्यसको असर समाजलाई नै पर्ने र अपराधी समाजमै लुकेर बस्ने हुनाले समाजको सहयोग र सहकार्य विना शान्ति सुव्यवस्था कायम गर्न नसकिने कुरा औल्याउँदै नागरिकको सहयोग नै महत्वपूर्ण हुने बताए ।

उनले भने,‘समाजको सहयोगमा यो भवन निर्माण भएपछि यसले प्रहरी र जनतावीचको सम्बन्धलाई थप मजबुद बनाएको छ ।’
भवनले दिएको सुबिधाको उपयोगले मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै जनताले प्रहरीबाट गरेको अपेक्षा पुरा गर्ने कार्यमा अलिकता पनि पछि नहटि कार्य सम्पादन गर्न मातहत कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष रघुनाथ पुरीले जनताको सेवा र शान्ति सुरक्षामा खटिने प्रहरीको निम्ति भवन निर्माण गरि सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए ।

उनका अनुसार उक्त भवन ६ महिनाको अथक प्रयासबाट वृत्तका प्रहरी प्रमुख नवराज कार्की र आफूहरुको अथक प्रयासबाट निर्माण हुन सफल भएको हो ।

विभिन्न स्थानीय व्यक्ति तथा समाजसेवीहरूको सहयोगमा कुल २२ लाख ७ हजार २ सय ६२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा सो वृत्तका प्रमुख समेत रहेका डिएसपी कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा प्रहरीले जनतामा पुर्याउने थप सेवा सुविधा उल्लेखनीय सहज हुने विश्वास दिलाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...