एमाले दक्षिणपन्थी, मधेशवादी अतिवादी : पुन

Barsaman pun

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दुई कित्तामा उभिएका दलहरुलाई मिलाउन माओवादी–कांग्रेस गठबन्धन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

नेता पुनले एमाले अहिले दक्षिणपन्थी कुरा गरिरहेको छ भने मधेशवादी दलहरु अतिवादको लाईनमा उभिएको आरोप लगाए । उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने बताए ।

‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्’ उनले भने, ‘यीनीहरुलाई मिलाउन नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो ।’

‘एमाले पनि संशोधन गर्नैहुन्न भनेर अतिवादी चिन्तन बोकेर बस्नुहुँदैन’ रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको कार्यक्रममा पुनले भने, ‘एमाले यो कुराबाट पछि हट्नुपर्छ, संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो, यसबाट एमाले मुक्त हुनुपर्छ ।’

पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने बताए । संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक÷दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने तयारी भइरहेको जानकारी दिए । नेता वर्षमान पुनले संशोधन प्रस्तावलाई टुंगो लगाउने निश्कर्षमा पुगिसकेकाले एक÷दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने तयारी भइरहेको दावी गरेका हुन् ।

पुनले ईमानदारिताका साथ दुई तिहाई पु¥याउने प्रयास भइरहेको र प्रस्ताव फेल वा पास जे भए पनि राजपाले मान्नुपर्ने बताए । उनले भने, ‘एजेण्डा मर्ने कुरा हुँदैन, राजपाले अब परिणाम स्वीकार्न तयार हुनुपर्छ, खेलको नियम मान्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...