दोलखाको जिरीमा ट्रकले किच्दा वडा अध्यक्ष घाईते

Morang

दोलखा । दोलखाकोे जिरी नगरपालिका वडा नं ६ बासा भन्ने स्थानमा ट्रकले किच्दा १ जना गम्भिर घाईते भएका छन । ट्रकले किचेर जिरी नगरपालिका वडा नं ७ का ३७ वर्षिय डुके शेर्पा घाईते भएका हुन् ।

शेर्पा वडा नं ७ का वडा अध्यक्ष समेत हुन । शेर्पालाई शनिबार विहान ८ः४५ मा जिरीबाट सदरमुकाम चरिकोट तर्फ जाँदै गरेको ज १ ख ८५६ नं. को ट्रकले घाईते बनाएको हो ।

घाईते शेर्पालाई दोलखाका उपचार हुन नसकेपछि हेकिकप्टर मार्पmत राजधानी लगिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले बताए ।

प्रहरी निरिक्षक कार्कीका अनुसार ट्रक चालक कृष्णहरी कार्कीलाई इलाका प्रहरी कार्यालय जिरीको नियन्त्रणमा लिएको छ ।
तामाकोशी खबर बाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...