जनजाति महासङ्घमा शेर्पा

काठमाडौँ। नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शेर्पाको संयोजकत्वमा गठन गरिएको छ ।

नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिए ।

सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताए । अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि जनजातिका विषयलाई विशेष रुपमा उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य शेरबहादुर तामाङलगायतले प्रदेश र संघीय निर्वाचनमा जनजातिको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...