फेवातालमा जीप खस्दा १ को मृत्यु, ५ घाइते

Accident 5

पोखरा । पोखरा लेखनाथस्थित लेकसाईडमा जीप दुर्घटना हुँदा १ को मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

पोखरा लोखनाथ महानगरपालिका –२६ को पामे खण्डमा पर्ने सेदी रातोमाटेमा शनिवार राती ग१य ८७९ नम्बरको पर्यटकीय नम्वर प्लेटको जीप दुर्घटना हुँदा भोजपुर पाल्तेका ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको हो ।

दुर्घटनामा परी टीकाराम राई, दिपशन राई, ध्यानबहादुर राई, भक्तबहादुर राई, बिष्णु राई घाइते भएका छन् । उनीहरूको फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप चालक विकास राईले आफ्नो गाउँले साथीहरुलाई पामे क्षेत्रमा घुमाएर फर्कदा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घुमघाम गर्न भोजपुरबाट पोखरा आएका उनीहरु पामेबाट फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

शनिबार राती १० बजे सोे जीप रातोमाटे डाँडाबाट करिव २० मिटर तल फेवातालमा खसेको हो । घाइते ५ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ भने बाँकी ३ जना खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...