करेन्ट पिडित परिवारलाई आर्थिक सहयोग

3029

रामेछाप । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं.५ नमाडीको खाल्सामा मा गत साउन २ गते करेन्ट लागेर घाइते भएका २ परिवारलाई नेकपा एमाले रामेछाप काठ्माण्डौ सम्पर्क मन्चले आर्थिक सहयोग गरेको छ ।

बिजुलिको पोलमा सर्ट भएको करेन्ट लागेर २ मृत्यु भएको थियो भने १ घाइते भएका थिए । सो घटनामा करेन्ट लागेर रेवती बहादुर खड्काको र शर्मिला खड्काको ज्यान गएको थियो भने भिम कुमारी खड्का घाइते भएकी हुन् ।

घटनामा परि ज्यान गुमाउने २ परिवारलाई प्रति परिवार २५ हजारका दरले र घाईते हुने एकजनाको परिवारलाई १५ हजार आर्थिक सहयोग गरिरेको नेकपा एमाले रामेछाप काठ्माण्डौ सम्पर्क मन्चका कोषाध्यक्ष सुवास चन्द्र खत्रीले जानकारी दिए । उक्त रकम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शान्ती प्रसाद पौडेलले पिडितहरुको घरमै गएर हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...