बर्दघाटमा बस दुर्घटना ३२ जना घाइते

नवलपरासी,। नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

१२ जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...