३ वर्षमा बन्यो बरुवा नदीमा पुल

Baruwa nad

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे ३ वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ ।

गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार २०७१÷०७२ सालबाट निर्माण कार्य शुरु गरेको उक्त बरुवा पुल साढे ३ वर्षपछि हालै आएर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त पुलको लम्बाइ २०५ मिटर रहेको छ भने चौडाइ साढे नौ मिटर रहेको कुरा गाईघाट दिक्तेल सडक कार्यालयका इन्जिनियर कमलप्रसाद यादवले बताए ।

सडक विभागको ६ करोड १७ लाख ५२ हजारको लागतमा उक्त पुल निर्माण भएको हो भने हाल पुल निर्माण कार्य सम्पन्न भएपछि अब पूर्णरुपमा यातायातसमेत सुचारु गर्न थालिएको छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत हालै निर्माण कार्य सम्पन्न भएको उक्त पुल सो सडकखण्डको नै दोस्रो ठूलो पुल रहेको पनि गाईघाट दिक्तेल सडक कार्यालयले बताएको छ ।

यसै सडकखण्डअन्तर्गत पहिलो ठूलो पुल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोशी नदीमा निर्माण कार्य शुरु गरेको पुल भएता पनि अहिलेसम्म सुनकोशी पुल भने निर्माण कार्य पूर्णरुपमा सुचारु हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...