कास्कीका द्वन्द्वपीडितलाई ५ करोड राहत

New notes

पोखरा, । दशवर्षीय सशस्त्र द्धन्दकालमा मृत्यु भएका कास्कीका द्वन्द्वपीडितलाई ५ करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ ।

दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ परिवारलाई ४ करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए ।

पीडितका परिवारले ५५ लाख पाएका छन् । मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले १० लाख पाउनुपर्नेमा ५ लाख यसअघि नै पाइसकेका थिए ।

त्यस्तै द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले ५८ लाख ५० हजार पाएका छन् । उनीहरुका परिवारले यसअघि ८ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी १ लाख ५० हजार पाएका छन् ।

यसरी नै हिरासत बसेका ६२ जनाले २५ हजारका दरले १५ लाख ५० हजार र विस्थापित २५ परिवारले २५ हजारका दरले ६ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...