प्रधानमन्त्रीले खाल्डा पुर्न निर्देशन दिनु कति जायज ?
भौतिक मन्त्री बलायर भन्छन्, धमाधम काम भइरहेको छ
काठमाडौं । केही दिनअघि सामाखुसीमा सडकको खाल्डोमा परेर एक बालिकाको मृत्यु भयो । त्यो अवर सर्वजनिक भएलगत्तै प्रधानमनत्री शेरबहादर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले त्यसरी निर्देशन दिएपछि अहिले राजधानीका खाल्डाखुल्डी पुरिन थालिएको छ । ‘खासमा भन्ने हो भने यो कामको लागि प्रधानमन्त्रीले निर्देशन दिरहनुपर्ने थिएन’, ‘भौतिक योजना तथा यातायात मन्त्री बीरबहादुर बलायरले भने, ‘यो अत्यन्त दुःखदायी कुरा हो, कसले यो काम गर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, निर्देशन दिइसकेको छु ।’
उनी बुधबार मात्रै भौतिक योजना तथा यातायात मन्त्रीमा नियुक्त भएका हुन् । उनले आफु पनि राजधानीका सडकको खाल्डाखुल्डीको समस्या भोगेका छन् । आफु मन्त्री बनेलगत्तै यस्तो समस्या भोग्नु नपरोस भनेर सचेत रहेको उनी बताउँछन् ।
अबदेखि सडकमा खाल्डाखुल्डीका कारण सर्वसाधारणहरुले सास्ती भोग्न नपर्नेे दावी गरेका छन् । उनका अनुसार सडकका खाल्डाखुल्डीहरु पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि अहिले धमाधम काम भएरहेको छ । उनी मन्त्री बनेलगत्तै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिइसकेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबले गरेको कार्याक्रममा मन्त्री बलायरले सडकका देखिएका खाल्डाखुल्डीहरुको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पारे ।
उनले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डाखुल्डीहरु भएका र धुलाम्य भएको स्पष्ट पारे । उनले यसको लागि पनि नयाँ विकल्प सोचिसकेको बताए ।
मन्त्री बलायरले काठमाडौंमा देखिएका धुलो र ट्राफिक जामको समस्या छिट्टै हल गर्ने समेत जनाए । उनले भने, ‘अहिले काठमाडौंमा धेरै धुलोको समस्या छ, यसलाई हल गर्न हामी सम्बन्धित निकायका सबै अधिकारीहरु बसे छलफल गरेका छौं’ उनले भने, ‘सडक जाम कसरी हल गर्न सकिन्छ भनेर म आफैं स्थलगत निरिक्षणमा गएको थिएँ ।
प्रतिकृया दिनुहोस