माइक्रोबसको ठक्करबाट वृद्धाको मृत्यु  

Micro bus

चितवन । चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

जगतपुरबाट काठमाडौँजान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

काठमाडौँ जान लागेका नातीलाई माइक्रोबसमा पठाउनका लागि आएकी भुजेलको सोही माइक्रोबसबसको ठक्करबाट मृत्यु भएको हो ।

गीतानगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार माइक्रोबस सहितका चालक तथा सहचालक नियन्त्रणमा छन् भने मृतक बृद्धाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...