घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

Ghus lidai

काठमाडौँ, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई पक्राउ गरेको छ ।

योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्राउ गरेको हो ।

कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...