गरिवी निवारण कोषसंग साँझेदार ९ संस्थाहरुको समन्वयमा बैठक
रामेछाप । रामेछाप जिल्लामा गरिवी निवारण कोषसंग साझेदार रहेर काम गरिरहेका ९ संस्थाहरुको संस्थाहरुको बैठक सम्पन्न भएको छ ।
सृजनशिल युवा समाज चिसापनीले आयोजना गरेको सो बैठकमा सदरमुकाम मन्थलीमा बुधबार बसेको बैठकमा ९ साझेदार संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकमा गरिवी निवारण कोषसंगको साझेदारीमा विभिन्न संस्थामार्फत जिल्लामा भएका काम र कार्यक्रमका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा गरिवी निवारण कोष रामेछापकी कार्यप्रवन्धक भण्डारी र गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष घिसिङले जिल्लामा भएका कार्यक्रमका बारेमा बोलेको सृजनशिल युवा समाज चिसापानीका कार्यक्रम संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस