संगठन बिस्तारमा लाग्यो राप्रपा राष्ट्रवादी

Ra pra pa rastrabadi ofice

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) संगठन बिस्तारमा लागेको छ ।

केही समयअघि मात्रै गठन भएको राप्रपा राष्ट्रवादीले विद्यार्थी र युवक संघ गठन गरिसकेको छ भने बुधबार अनुशासन समिति र प्रचारप्रसार समिति बनाएको छ ।

राप्रपा राष्ट्रवादीले अनुशासन समितिको संयोजकमा प्रा.डा. सुष्मा आचार्यलाई तोकेको छ । त्यसैगरी महेश्वर रोक्का संयोजक र प्रकास सुवेदी सहसंयोजक रहेको प्रचारप्रसार समितिमा जनकराज पाठकलाई सचिव बनाएको छ । उनी यसअघि राप्रपामा रहँदा युवक संगठनको प्रवक्ता थिए ।

राप्रपा राष्ट्रवादीले राष्ट्रिवादी विद्यार्थी संगठनको संयोजकमा उज्जल पोख्रेललाई तोकेको छ भने युवक संगठनमा नरेस गौतमलाई संयोजक तोकेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...