नेपाली सेनाद्वारा १ हजार १ सय बिरुवा रोपियो  

Plantation1 in khotang

पोखरा, । नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा बुधबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा १ हजार १ सय बिरुवा रोपिएको छ ।

सहायक वन अधिकृत नवीन विश्वकर्माले एउटा स्वस्थ मानिसका लागि २४ घण्टामा १६ किलोग्राम अक्सिजन आवश्यक हुने बताउँदै वर्षेनी बढ्दो जनसंख्याको चापलाई दृष्टिगत गरी वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए ।

सिद्धिबक्स गणका सेनानी सुरेन्द्र कार्कीका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा १सय र सेती दोभानमा १ हजार संख्यामा अशोक, पारिजात, गुलमोहर, कपुर, निम, राजवृक्षलगायत विभिन्न जातका बिरुवा रोपिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...