बझाङमा स्यालको बिगबिगी

स्यालले टोकेर वडाध्यक्षसहित २८ जना घाइते

Syal

बझाङ । जंगलमा बस्ने स्यालले गाउँमा पसेर मान्छेलाई नै थर्कमान बनाउँछ भनेर कसले पत्याउन सक्छ र ? तर, बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईमा स्यालले गाउँमै आतंक मच्चाएको छ ।

जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खाती पनि स्यालको आक्रमणमा परी घाइते भएका छन् । घाइते खातीको खुट्टामा टोकेपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

आइतबारदेखि मंगलबारसम्म २८ जनाभन्दा बढी स्थानीयवासीलाई स्यालले टोकेर घाइते बनाएको स्थानीयवासीले बताएका छन् । स्यालको आक्रमणबाट शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सूर्य थापालगायत २८ जनाभन्दा बढी घाइते भएका छन् ।

बेलुकाको समयमा स्यालले गाउँ पसेर सर्वसाधारण स्थानीयवासीलाई आक्रमण गर्न थालेपछि यहाँका बासिन्दा त्रसित भएका छन् । स्थानीयवासी नरेन्द्र खातीका अनुसार गोलाईमा आइतवार साँझपख मात्रै पनि १५ जनाभन्दा बढीलाई स्यालले टोकेको थियो । जयपृथ्वी नगरपालिका–३ पडेसमा समेत स्यालकै आक्रमणबाट झण्डै ६ जनाभन्दा बढी घाइते भएका छन् । बेलुका ७ बजेपछिको समयमा बाटोमा हिँड्ने बटुवा तथा जो कोही व्यक्तिलाई स्यालले आक्रमण गर्ने गरेको छ ।

सदरमुकाम चैनपुरबाट घरजाने क्रममा स्यालले आफूसँगै रहेका अन्य ४ जनालाई स्यालले आक्रमण गरी घाइते पारेको स्यालको आक्रमणबाट घाइते भएका गोलाईका सुशील खातीले बताइन् ।

पडेसमा रहेको आर्मी ब्यारेकमा समेत डिउटीमा रहेका सैनिकलाई पनि स्यालले आक्रमण गरी घाइते बनाएको छ ।

बेलुकी ७ बजेपछि बाटोमा हिँड्दा स्यालले आक्रमण गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न थालेका छन् । स्यालले स्थानीयवासीमाथि आक्रमण गर्न थालेपछि ७ बजेभन्दा पछि उनीहरु यो बाटो हिँड्न छोडेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...