१२ हजार युवाले पास गरे कोरियन भाषा

Eps vasa

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा १२ हजार विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएकोमा १२ हजार १०८ उत्तीर्ण भएका छन् । कृषितर्फ करिब साढे ७ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।

भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ ।

सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...