राजपको अन्दोलन निर्वाचन नभई संबिधान संसोधन : अध्यक्ष ठाकुर
भक्तपुर, । राष्ट्रिय जनता पार्टीको आन्दोलन निर्वाचन नभइ संविधान संसोधन मुख्य एजेन्डा रहेको पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरु सहभागि नहुने जोड दिएका छन् ।
उनले संबिधान संशोधन आफूहरुको एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागि नहुने बताए ।
संविधान संशोधनका लागि सत्तापक्षले २ तिहाई मत पु¥याउन लागेता पनि एमाले बिगत देखिनै आफूहरुको मागको बिपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताए ।
आफूहरुका मागका बारे सरकारले जहिले पनि स्पष्ट ब्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने, सरकारले आफूले गरेको बाचाहरु पुरा नगर्दा समस्या सुल्झिनु भन्दा बल्झँदै गएको छ ।
सरकारले आफ्नो दलले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरि पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाइएर गर्ने बताए ।
उनले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमा सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिबिधि तत्काल बन्द गर्नु पर्ने र तराई आन्दोलनमा घाईतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नु पर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप समेत लगाएका छन् ।
जनसंख्याका आधारमा मधेशको प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थिति रहनु पर्ने भन्दै यतातर्फ समेत सरकारको ध्यान जान नसकेको भन्दै गरिएका सम्झौता र प्रतिबद्धता पुरा गर्न नसकेको बताए ।
प्रतिकृया दिनुहोस