गोसाइँकुण्ड जाने २ पदमार्ग सञ्चालन

1 24072 2

नुवाकोट,। जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने २ पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।

काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने २ पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् ।

गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी हुँदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

सुन्दरीजलबाट विश्राम गर्दै २ दिनमा गोसाइँकुण्ड पुग्ने यो पदमार्गलाई जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई दृष्टिगत गरी व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि तीर्थयात्रीको आगमनसमेत शुरु भइसकेको छ । यो पदमार्ग ३ वर्षदेखि सञ्चालनमा छ ।

स्थानीय होमस्टे समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपसमितिहरु, आमा समूहलगायतसँग समन्वय गरी पदमार्गमार्फत गोसाइँकुण्ड पुग्न सुरक्षित व्यवस्था मिलाएको होटल व्यवसायी सरोकार समितिका सचिव मिङ्मा शेर्पाले जानकारी दिए ।

सुन्दरीजलबाट नुवाकोट हँुदै गोसाइँकुण्ड पुग्न दुई दिन लाग्ने भए पनि नुवाकोटको समुन्द्रटारबाट जाँदा १ दिनको पैदल यात्रामा पुग्न सकिने गरी आवतजावतको व्यवस्था मिलाइएको सरोकार समितिले जनाएको छ । गंगटेबाट ३५ किमी दूरीमा रहेको समुन्द्रटार सवारीसाधनमा नै जान सकिन्छ ।

पैदलमार्फत गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि सुरक्षा, खाद्यान्न, पथ–प्रदर्शक, भरिया, औषधि उपचारलगायतको समेत व्यवस्था मिलाएकाले निर्धक्क भएर गोसाइँकुण्ड यात्रा गर्न समितिले आह्वान गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...