जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Jaljala jip

बागलुङ । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुई जना बच्चासहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी जिपका चालक बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको मृत्यु भएको छ । ४ जना कै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज १८४ नं। को जिप बादिपमा दुर्घटना भएको थियो । जिप सडकदेखि करिब सात सय मिटर तल खसेको थियो । साविकको रणसिंह किटेनी –३ घोरघोरेका मनबहादुर पुनको जीप सोमबार विहान साँढे ८ बजे बडीगाड गाउँपालकिा ५ ठूलो गैरामा दुर्घटनमा परेको स्थानीयले जनाएका छन् ।

सो दुर्घटनामा परी टेकबहादुर पाइजा, बालमती पाइजा, दिपेश पाइजा, दिपशिखा पाइजा, भीमबहादुर श्रीस र भीम सेरबुजा घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत काठमाडौ पठाइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएका घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
तस्विर : फेसबुकबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...