३ करोडको लगानीमा होटल सञ्चालन  

Hotal 44

गोरखा, । सदरमुकामस्थित हरमटारीमा ४ युवाले ३ करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् ।

२ ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० क्षमताको रहेको छ ।

होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ । सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा अब सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताए ।

होटलमा अहिले २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । सुरेन्द्र न्यौपाने, निधिप्रसाद तिमिल्सिना, नवराज न्यौपाने र पुष्पराज न्यौपाने मिलेर उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...