कला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी शुरु

Copy

काठमाडौंँ, ।काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइनमा कला विषयमा स्नातक गरेका १४ विद्यार्थीका कला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी शुरु भएको छ ।

स्टुडियो आर्ट र ग्राफिक कम्युनिकेशन विषयमा अध्ययनरत कला विद्यार्थीले तयार पारेका कलाले नेपाली सांस्कृतिक, सामाजिक, लैंगिक समानता, सपनालगायत विषय समेटेका छन् ।

प्रदर्शनीको उद्घाटन काठमाडौंँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत इभस कारमोनाले संयुक्त रुपमा गर्नुभएको थियो ।

सो अवसरमा उपकुलपति श्रेष्ठले कला र संस्कृति मानव जीवनको मेरुदण्ड भएकाले यसको विकासमा विश्वविद्यालयले काम गरिरहेको जानकारी दिए ।

फ्रान्सेली राजदूत कारमोनाले नयाँ पुस्ताका नेपाली कलाकारले राम्रा कलाकृति बनाउँदै गएको बताए । सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्राम कोअडिनेटर सुजन चित्रकारले कला क्षेत्रमा विद्यार्थीले नयाँ ढंग र सिर्जनात्मक रुपमा काम गरेको बताए ।

सोमबारसम्म चल्ने प्रदर्शनीमा पुष्पा पराजुली, बर्सात् वे कार्की, कञ्चन तामाङ, नीलम भुर्तेल, राजकुमार राई, राजा महर्जन, सरला मानन्धर र युनिशा श्रेष्ठले स्टुडियो आर्ट अन्तर्गत बनाएका कला राखिएको छ ।

त्यस्तै एलिना मानन्धर, विशेषता धाख्वा, ज्योति श्रेष्ठ, नुरिशा सिंह, संभव महर्जन र श्रेया श्रेष्ठका ग्राफिक कम्युनिकेशनअन्तर्गत प्रोडक्ट डिजाइन, ज्वेलरी डिजाइन लगायत कला प्रदर्शनीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...