७ दिनमा २ हजारभन्दा बढीको नाम दर्ता  

Photo sahit

पोखरा, । कास्कीमा ७ दिनमै २ हजार ७ सय १ ले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत जिल्लामा १ हजार ४ सय ७५ पुरुष र १ हजार २ सय २६ महिलाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

बूढाबूढी, अपाङ्गता भएका ,विदेशवाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ पोखरा–लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएको सुवेदीले बताए ।

कार्यालयले यस अवधिमा त्रुटि सच्चाउने, ठाउंँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीवाट नाम हटाउने काम पनि गर्ने बताइएको छ ।

एक महानगर र ४ गाउँंपालिका रहेको कास्कीमा हाल २ लाख २४ हजार ८ सय ११ मतदाता छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...