दिपेशको आयो ‘मन चोरी लाने’ भिडियो

Dipesh sunuwar

काठमाडौं । गायक दिपेश सुनुवारले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

लामो समयदेखि सांगीतिक यात्रामा रमाउँदै आएका सुनुवारले ‘मन चोरी लाने’ बोलको गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

नेपाली संगीत क्षेत्रमा चम्किलो ताराको रुपले चर्चा कमाउँदै गरेका सुनुवारले यसअघि विभिन्न गीतका म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

उनले नयाँ गीतको भिडियोमा चर्चित मोडल जितेन चेम्जोङ र पबी सुब्बालाई पर्दामा देखाएका छछन् । जसको छायांकन गणेश राउतले गरेका छन् ।

सुनुवारको आफ्नै शब्द, संगीत र स्वर रहेको ‘मन चोरी लाने’ बोलको गीतको छायांकन भने कुवेतमा गरिएको छ । सो गीतका आकर्षक दृष्य कैद गरिएको छ । कुबेतको निकै रमणीय ग्रास आईलेन्ड समुन्द्रमा छायांकन गरिएकाले पनि गीत निक्कै राम्रो बनेको सुनुवारले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...