नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लमजुङ । नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका परियारले अत्यधिक मदिरा सेवन गरी करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनले शुक्रबार साँझ मदिरा सेवन गरी नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...