केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी

Banke aagolagi

कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी भएको छ ।

नेपालगञ्ज– १८ भुजईगाउँ स्थित दुगडको गोदाममा दिउँसो करिव ४ बजेदेखि आगोलागी सुरु भएको हो । स्वस्तिक सोयाबिन तेल र घिउको गोदामबाट सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगोले धान र गहुँको गोदाममा समेत प्रभावित बनाएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरिएको छ । त्यसैगरी आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र र स्थानीयबासीहरु पनि खटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...