चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म बस सेवा सञ्चालन

Mahanagar

ललितपुर, । गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ ।

जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।

उनले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन सक्दैन भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिए ।

सर्वसाधारणलाई थप सेवा पु¥याउने उद्देश्यले साझा यातायातसँग नगरपालिकाले १० लाखको शेयर लिने योजना रहेको पनि प्रमुख महर्जनले बताए ।

बज्रवाराही यातायात सेवा प्रालिद्वारा सञ्चालित उक्त बस सेवा नियमित र द्रुत गतिमा हुने प्रालिका अध्यक्ष मनोजकुमार महर्जनले बताए । बसभित्र सिसी टिभी र टिभीको सुविधासमेत रहेको अध्यक्ष महर्जनले बताए । “प्रतियात्रु भाडा २५ लाग्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...