एकै परिवारका चार जना मृत फेला

बनेपा । काभ्रे बनेपामा एकै परिवारका ४ जना मृत भेटिएका छन् ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिएकाहरु एकै परिवारका बुबा, आमा, छोरा र छोरी हुन् । के कारण उनीहरुको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...