अविरल वर्षाले गर्चेबजार जोखिममा

Kapil bastu 2

सल्यान, । अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो ।

बाढीले गर्चे बजार रहेको क्षेत्र कटान गरेपछि घरहरु जोखिममा परेको स्थानीयवासी तुल्सीराम बुढाले जानकारी दिए । यो वर्षा अझै नरोकिएकाले खोलामा बाढी बढेपछि बजार नै बगाउन सक्ने भएकाले बजार क्षेत्र खाली गरिएको बुढाले जानकारी दिए । हालसम्म गर्चेमा रहेका १० भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानीयवासी दुर्गा विसीले जानकारी दिए ।

बाढीले बागमारे खोलाको किनारमा रहेका करिब ५ सय रोपनीमा लगाइएको धानखेतीसमेत नष्ट पारेको छ । भर्खरै रोपाइँ गरेर सकिएका बेला बाढी आएर खेती नष्ट गरेपछि किसान चिन्तित भएको स्थानीयवासी रामसिंह विकले जानकारी दिए ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस क्षेत्रमा आएको अविरल वर्षाका कारण बागमारे, वनगाडलगायतका खोलामा आउने बाढीले क्षति पु¥याउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...