निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नगरे प्रदेश र संसदको निर्वाचन गर्न कठिनाई हुने बताएपछि सरकारले विहीबार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको हो । सो आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की सदस्य छन् । सो आयोगको सदस्य सचिव योगेन्द्र शर्मा पौडेललाई बनाएको छ ।

आयोगले २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । निर्वाचन सम्पन्न गर्न संवैधानिक व्यवस्थाअनुसार यो आयोग गठन भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आयोग गठन गरेको र आयोगले २१ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...