लोप हुने अवस्थामा पुग्यो सावने डोला’ पर्व

कञ्चनपुर । सुदूरपश्चिमको रानाथारु समुदायको सांस्कृतिक तथा धार्मिक महत्व बोकेको ‘सावने डोला’ पर्व संकटमा पर्न थालेको छ ।

सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा बस्दै आएका रानाथारु समुदायका मानिसहरुले यो पर्व मान्दै आए पनि संरक्षण नहुँदा भने लोप हुने अवस्थामा रहेको छ ।

आधुनिकता क्रमसँगै कुनै समय प्रचलित संस्कृति र संस्कारका रुपमा रहेको सो पर्व लोप हुने अवस्थामा पुगेको रानाथारु समुदायका अगुवाहरुको बताएका छन् ।

कामको व्यस्ततासँगै आधुनिक मनोरञ्जनका साधनलाई अंगाल्न थालेपछि सावने पिङको अस्तित्व संकटमा पर्न थालेको हो ।साउन महिनाको कृष्ण पक्षदेखि शुक्ल पक्षकोे तेस्रो दिनसम्म गाउँका सबैजना पायक पर्ने स्थानमा साउने पिङकोे मनोरञ्जन लिनेखेतीपातीको काम सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्न तथा मनोरञ्जनको प्रमुख माध्यमका रुपमा यो पर्व मनाइने गरिने मिठु रानाले बताए ।

‘‘साउने पिङ खेल्नका लागि चेलीबेटी, साथीसंगीको भेटघाट हुने र आत्मीयता साट्ने माध्यम पनि भएकाले यसलाई बिर्सन नहुने उनको भनाइ छ । पश्चिम नेपालमा मात्र बसोबास रहेको रानाथारू समुदायमा समयको परिवर्तनसंगै रानाथारुको कला संस्कृति तथा परम्परागत रीतिरिवाज लोप हुँदै गइरहेकामामा स्थानीय बुद्धिजीवी एवं शिक्षक गेदु रानाले चिन्ता व्यक्त गरेका छन् ।

यस समुदायमा सावने पिङलाई धार्मिकरुपमा पनि महत्वपूर्ण स्थान दिने प्रचलन छ । साउने पिङको अन्तिम दिनमा रानाथारु समुदायले तीजको व्रत बस्ने गर्छन् ।

तर यस व्रतमा महिलाले आफ्ना श्रीमान्का लागि नभएर भाइ भतिजाको सु–स्वास्थ्य तथा दीर्घायुको कामनाका लागि पानीसमेत नखाने प्रचलन छ । यस अवधिमा रातिको समय महिला–पुरुष सामूहिकरुपमा गीत गाउने र सावने डोला पिङ खेल्ने गर्दछन् ।

शिक्षक गेदु रानाका अनुसार श्रावण डोलको अन्तिम दिन अर्थात् तीजको दिन सावने डोलामा रहेको डोरीकोे मुख्य गाँठो मुरिया काटेर पूजा गर्र्ने र सोही दिन नजिकको खोलानालामा गई विवाहित महिलाले ७ र अविवाहितले ५ झुरकी कुशको गाँठोमा पूजा गर्ने गर्छन् । झुरकीलाई नदीमा सेलाएर भाइभतिजाको सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...