जिग्री र पाँडे प्रतिष्ठान ले ग¥यो दृष्टिविहीन लाई भवन हस्तान्तरण

Ghar (1)

राजविराज, । जिग्री र पाँडे प्रतिष्ठानले दृष्टिविहीन परिवारलाई ३० लाखको लागतमा निर्मित ३ कोठे भवन हस्तान्तरण गरेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित गम्हरिया प्रवाहा टोलमा ‘जिग्री फाउण्डेसन’ ले निर्माण गरेको सुविधासम्पन्न पक्की भवन दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको हो ।

जिग्री र पाँडे प्रतिष्ठान तथा सप्तरी युथ नेपालको सहयोगमा निर्माण गरिएको तीनकोठे सुविधासम्पन घर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले संयुक्तरुपमा दृष्टिविहीन शम्भु मण्डलसहित उनका परिवारमा हस्तान्तरण गरेका हुन् ।

सप्तरीमा एकै परिवारका ५ दृष्टिविहीन भएको फेला पारेपछि सप्तरी युथ नेपालले तत्कालै ती परिवारलाई राहत सामग्री उपलब्ध गराउनुका साथै सो संस्थाले जिग्री र पाँडे प्रतिष्ठान तथा सामाजिक अभियन्ता रमेश साहसँगको समन्वयमा उनीहरुको परिवारका लागि सो भवन निर्माण गर्नुका साथै तिनका ४ बालबालिकालाई पनि अध्ययनका लागि काठमाडौँ पठाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...