पुष्पलाल स्मृति प्रतिष्ठानले विचार गोष्ठी गर्ने

1 3

रामेछाप । पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापले जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिने भएको छ ।

प्रतिष्ठानले नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवसका अवसरमा विचार गोष्ठीको आयोजना गरी रामेछापका २ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिन लागेको हो ।

साउन ८ गते आईतबार हुने कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठान काठमाण्डौका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापले जनाएको छ ।

कार्यक्रम साउन ८ गते आईतबार बिहान ११ बजे रामेछापको सदरमुकाम मन्थलीको जि एस होटलमा हुने आयोजकले जनाएको छ ।तामाकोशी खबरबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...