चट्याङ लागेर आमाछोरीको मृत्यु

Chatyang

धरान । चट्याङ लागेर मोरङको लेटाङ नगरपालिका – २ मा आमाछोरीको मृत्यु भएको छ ।

घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान साँढे ८ बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब १० बजे मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...