मनहराको उपचार गर्न नयाँ शक्तिले दियो १५ हजार रुपैयाँ

Manahara help

साउदी अरब । आँखाको ट्युमरबाट पीडित बालिका मनसरा लोहारको उपचारका लागि साउदीमा बस्ने नेपालीहरुले १५ हजार ६ सय रुपैयाँ बराबरको रकम संकलन गरी हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाज साउदीका संयोजक रमेश लाम्गादे, अन्तर्राष्ट्रिय दलित शक्ति साउदीका संयोजक दिल श्रीपाली र सचिव देवेन्द्र विश्वकर्माको संयुक्त पहलमा सो रकम संकलन गरि मंगलबार हस्तान्तरण गरिएको हो ।

दलित शक्ति नेपालकी केन्द्रीय संयोजक सुशीला श्रीपाली, प्रवक्ता दलमर्दन कामी र महेन्द्र सुनारको उपस्थितिमा अस्पतालमा नै पुगि मनसराका बुवा अने लोहारलाई रकम हस्तान्तरण गरिएको हो । आँखाको ट्युमरबाट पीडित मनसराको देशविदेशबाट विभिन्न सहयोगीहरुको सहयोगमा २ महिनादेखि कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

उनको उपचारमा सहयोग पुगोस् भनेर साउदीमा कार्यरत दिल श्रीपालीले ५०, अर्जुन न्यौपाने २०, अमृत बि.सि ४०, देवेन्द्र विश्वकर्मा ३०, राम रसाईली ५०, रमेश लाम्गादे ५०, कविराज शंकर ३५, धनराज वलि २५, लोकेश वि.क ५०, प्रेम बराइली ४०, नीरबहादुर सुनार ५०, इन्द्र कार्की ५०, खिम श्रीपाली ५० र निर्दोश विकले ५० जम्मा पारी ५ सय ९० रियल संकलन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...