पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

Purba raja

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि अस्पतालमा भर्ना भएका छन् ।

नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि शाह बुधबार विहान राजधानीको नर्भिक अस्पलातमा भर्ना भएका हुन् ।

नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको चिकित्सकहरुले बताएका छन् । उनको अवस्था सामान्य रहेका चिकित्सकहरुले बताएका छन् ।

शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । शाह अस्पताल भर्ना भएपछि उनका शुभचिन्तक नर्भिक पुग्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...