करेन्ट लागेर दुईको मृत्यु

Karent lager

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

खेतबाट फर्किने क्रममा गए राति करेन्ट लागेर घाइते भएका गोकुलगंगा गाउँपालिका–५ नामाडीका ३६ वर्षीय रेवती खड्का र ४५ वर्षीया शर्मिला खड्कालाई उपचारका लागि दोलखाको जिरी अस्पताल लगिएको थियो । तर, अस्पतालमा ल्याउने बितिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

करेन्ट लागेर घाइते भएकी रेवती खड्काकी श्रीमती ३० वर्षीया भीमकुमारी खड्काको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

साबिक नामाडी गाविसस्थित थलारी पोखरीका ३ जनालाई खेतमा काम गरी घाँस लिएर फर्कंदै गर्दा चुँडिएर पोलमा अड्किएको बिजलुीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...