प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

Kera

चितवन । किसानले प्रयोगशाला परीक्षण टिस्युकल्चर गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित हुन थालेका छन् ।

यस वर्ष किसानले ५ हजार ५ सय बिरुवा माग गरेकामा केहीले लगाउन थालेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताए ।

टिस्युकल्चर गरेका बिरुवा रोग प्रतिरोधात्कम र उत्पादन क्षमता बढी हुने गर्छ । “यस वर्ष ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिएको हो,” चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भने । प्रति बिरुवा ५० पर्छ ।

केराका बोट पहेँलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने रोग देखा परेपछि कृषिविज्ञले टिस्युकल्चर गरेको बिरुवा रोप्न सुझाव दिएका छन् ।

जिल्लाका अधिकांश किसान मालभोग केरा लगाउँछन । विसं २०६८ देखि उद्योग वाणिज्य संघ चितवनले केराखेती विस्तार गर्न ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लमा ६ सय भन्दा बढी किसानले २ हजार ६सय २० बिगाहामा केराखेती गर्दै आएका छन् । यहाँ वार्षिक १ अर्ब बढीको केराको कारोबार हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...