भक्तपुरमै सवारी साधनको चालक अनुमतिपत्र परीक्षा सुरु हुने

Trail test

भक्तपुर, । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो ।

कार्यालय र प्रालिबीच सवारी केन्द्र सञ्चालन गर्न लिखित सम्झौता भएपछि जिल्लामै सवारी परीक्षा हुने भएको कार्यालयका प्रमुख अनोज घिमिरेले जानकारी दिए ।

उनले भने इजी वे सवारी सेन्टर प्रालिसँग दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने सम्झौता गरेका छौँ अब भक्तपुर र पूर्वका बासिन्दालाई सहज हुन्छ ।”

कार्यालयले आफ्नै सवारी केन्द्र निर्माण नगरेसम्म सोही सवारी केन्द्रमा सो परीक्षा हुने भएको छ । गत माघ २ गते भक्तपुरको जगातीमा कार्यालय स्थापना भएको छ महिनापछि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि यहाँका बासिन्दालाई सहज हुने भएको छ ।

सम्झौतानुसार इजी वे सवारी सेन्टर प्रालिले भक्तपुरका बासिन्दाको लागि भन्दै कार्यालय र सेवाग्राहीसँग कुनै शुल्क नलिई निःशुल्क सवारी केन्द्र उपलब्ध गराउने भएको छ ।

उक्त केन्द्र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको र १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । ४ करोडको लागतमा आवश्यक सबै पूर्वाधार पूरा गरेर केन्द्र निर्माण गरिएको प्रालिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...