रामेछाप खिम्तीका बाढी पीडितलाई राहत वितरण
रामेछाप । रामेछापको खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका ९ घरपरिवारलाई सरकारले राहत वितरण गरेको छ ।
खिम्ती खोलामा आएको बाढीको कारण साबि खिम्ती र फर्पु गाविसको सीमाना भएर बग्ने छतिवने खोलामाथिको पक्की पुल बगाउदा २ जनाको मृत्यु भएको थियो ।
बाढीमा परी ३ जना वेपत्ता भएका छन भने घाइते ९ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बाढीबाट विस्तापित भएका ९ परिवारको लागि जिल्ला प्रशासन कार्यालय रामेछाप अन्तर्गत रहको दैविक प्रकोप उद्दार समितिले संघ संस्थाको समन्वयमा राहत वितरण गरेको छ ।
बाढीबाट विस्थापित प्रति परिवारलाई एक÷एक वटा त्रिपाल, ३÷३ वटा ब्लाङकेट,पचास केजी चामल, दस केजी दाल, भाडाकुडा, खानेपानी तरकारी लगायतका सामाग्री वितरण गरेको छ ।
रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पा र रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले संयुक्त रुपमा बाढी पीडितलाई सोमवार राहत वितरण गरका हुन् । राहतसँगै सांसद शेर्पाले व्यक्तिगत रुपमा ७÷७ हजार नगद पनि वितरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापले दैविक प्रकोप उद्दार समितिको अनुमति लिएर मात्र राहत वितरण गर्न संघ संस्था र व्यक्तिहरुलाई आग्रह गरेका छ ।
प्रतिकृया दिनुहोस