सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा खाद्यान्न वितरण गर्न समस्या
गोरखा । सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा तोकिए जति खाद्यान्न भूकम्प पिडितलाई वितरण गर्न नसकेको गुणासो गरेका छन् ।
कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको हो ।
खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र तत्काल सुरक्षित स्थानमा राख्न नसक्दा पानीले भिजेर कुहिएको हो ।
विश्व खाद्य कार्यक्रम डब्लुएफपीले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न दाल र चामल वितरणका लागि पु¥याएको थियो ।
खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।
सोमाबार उहिया र सिर्दिवासमा खाद्यान्न वितरण गर्ने क्रममा केही बोरा खाद्यान्न कुहिएको, डल्लो परेको र कीरा लागेको फेला परेपछि थोरै परिमाणमा मात्रै खाद्यान्न वितरण गरिएको स्थानीयवासीले जनाएका छन् ।
भण्डारण गरिएको मध्ये आधाजसो परिमाणमा दालचामल कुहिएको उहिया खोर्लाका जीतबहादुर गुरुङले बताए । प्रत्येक घरधुरीलाई १ सय ५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा सोमबार ७५ किलो चामल र नौ किलो दाल मात्रै दिइएको भन्दै गुरुङले बाँकी खाद्यान्न पछि दिने भनी गोरेटोका कर्मचारीले बताएको छ ।
सिर्दिवासको जगतमा पनि सोमबार नै खाद्यान्न वितरण गर्ने क्रममा कुहिएको दाल र चामल भेटिएको थियो । दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरुङले बताए ।
“खच्चडबाट ढुवानी गर्दैमा २० बोरा चामल बिग्रिएको थियो । त्यहीमाथि चिसो कोठामा भण्डारण गरेछन्, थप १५ बोरा बिग्रिएछ” उनले भने उहिया गाउँमा २ सय घरलाई खाद्यान्न बाँडेको डब्लुएफपीले सिर्दिवासका ६९ घरधुरीमा पनि बाँडिसकेको छ ।
सिर्दिवासकै ६ सय घरधुरी र उहियाका ४ सय घरधुरीलाई पनि बाँड्न बाँकी छ । चालीस दिन काम गरेका व्यक्तिले प्रतिव्यक्ति एक सय ५० केजी चामल र २७ केजी दाल पाउने बताइएको छ । जेठको दोस्रो साता काम सकिए पनि खाद्यान्न नपाएको भन्दै स्थानीयवासीले गुनासो गर्दैआएका थिए ।
कुहिएको चामल बाँडिएको छैन
कुहिएको र राम्रोे खाद्यान्न अलग्याएर राम्रो दाल, चामल मात्रै वितरण गरेको गोरेटो गोरखाले जनाएको छ ।
डब्लुएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका वुद्धिजीवी मिलेर राम्रो दाल, चामल मात्रै बाँडेको स्थानीयवासीले बताए । अपुग खाद्यान्न दोस्रोचरणमा बाँड्ने बताइएको छ ।
यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको थियो ।
प्रतिकृया दिनुहोस