अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना नहुँदा कर्मचारी अलपत्र
डडेल्धुरा, । अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना नहुँदा कार्यालय सञ्चालनमा समस्या भएको छ । भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन कठिन भएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताएकी छन् ।
स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैन ।
कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा नमिलेको भट्टले बताए ।
गाउँपालिकाको सानो घरमै जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी बस्ने गरेका छन् । “ कार्यालय सञ्चालनका लागि पहिला भवनको खोजी गरेर मात्रै पठाइनुपथ्र्यो”, भट्टले बताएकी छन् ।
सरकारले स्थानीय तहमै अधिकांश सेवा दिनका लागि कर्मचारी पठाए पनि कार्यालय स्थापनाका लागि भवन नहुँदा कार्यालय व्यवस्थापन हुनसकेको छैन । यति मात्रै नभई स्थानीय तहमा गएका कर्मचारीलाई आवासका लागि समेत समस्या भएको छ ।
प्रतिकृया दिनुहोस