आगलागीबाट ३ लाखको क्षति

लहान, । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उनको ४ घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताए । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, च्युरा, चामल, नुन, तेल, कपडा लगायत सामग्री राहत वितरण गर्रेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...