हाँस्यप्रधान चलचित्र १२ मासे बन्ने

12 mase

काठमाडौं । नेपालमा हाँस्यप्रधान चलचित्रले बजार पाउन थालेपछि नेपालमा हाँस्य प्रधान चलचित्र बन्ने क्रम बढेको छ ।

पछिल्लो समयमा हाँस्यप्रधान चलचित्र छक्का पञ्जाले राम्रो व्यापार गरेको थियो । त्यसयता धेरैले हाँस्य प्रधान चलचित्रले बजार पाउने धेरैले अनुमान पनि गरे । त्यसैलाई आधार मानेर अलिहे फेरि अर्काे हाँस्य प्रधान चलचित्र ‘१२ मासे’ बन्ने भएको छ ।

पल्पसा डंगोलले निर्देशन गर्न लागेको चलचित्र १२ मासे हाँस्य प्रधान हुने बताइएको छ । यो चलचित्र साउन पहिलो सातादेखि छायांकन हुने छ ।
चलचित्र १२ मासेमा नेपाली पत्रकारिता क्षेत्रमा काम गर्दै आएका धादिङका पत्रकार जनार्जन पौडेलको पनि प्रवेश भएको छ । यसअघि उनले हाँस्य टेलिश्रृंखला हाक्काहाक्कीमा समेत अभिनय गरेका थिए ।

टेलिभिजनको पर्दामा नक्कली प्रचण्डको भूमिका निभाउँदै आएका कलाकार प्रदिप पाठकको निर्माणमा बन्न लागेको यस चलचित्रमा पत्रकार ऋषि धमलाले पनि अभिनय गर्दैछन् । १२ मासेमा सुवास कार्की, मधुसुधन पाठक, सीपी पुडासैनी, गोविन्द कोइराला, सुरविर पण्डित, रामचन्द्र अधिकारी, केदार न्यौपाने, निर्मल शर्मा, अरुणा कार्की, रोहित दंगाल, रोहन ,राधा लम्साल, निरु खड्का, सुदिप बराल लगायतको अभिनय रहने बताइएको छ ।

चलचित्र १२ मासेमा दुईवटा गीतहरु रहने छन् । सो चलचित्र कात्तिक पहिलो साता प्रदर्शनमा आउनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...