अझै भेटिएन खिम्तीमा बेपत्ता भएका ३ जना

Ramechap badhi

रामेछाप । रामेछापको खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका ३ जना अझैसम्म वेपत्ता छन् ।

लिखु गाउँपालिका–६ की लालकुमारी खत्रीको शव घरमै र वाशु भनिने जयप्रकाश कार्कीको शव खिम्तीभन्दा करिब सात किमी दक्षिण तामाकोसी नदीको किनारमा फेला परेको थियो ।

घटनामा परी बेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घरसहित खिम्ती खोलाले बगाएकी सुमनकुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका ७ जनामध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुको काठमाडौँको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

साविक खिम्ती र फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये २ जनाको शव आइतबार फेला परेको भए पनि अन्य ३ जनाको अझै पत्तो लाग्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...