जलविरेमा सुख्खा पहिरो, साँढे दुई घण्टामा खुल्यो मुग्लिन सडक

Jalbire sadak

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा सुख्खा पहिरो गएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो । बिहान ४ बजे खसेको पहिरोका कारण यातायात अवरुद्ध हुँदा झण्डै साँढे दुई घण्टा बाटो अबरुद्ध भएको थियो ।

चितवनका अनुसार ठूला बस, मिनीबस, माइक्रोबस तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाड्ने गरिएको छ । आज बिहान गएको सुख्खा पहिरोका कारण धेरै सवारी साधन बिहानदेखि नै रोकिएका थिए ।

यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै आएको छ । यसका कारण सा सडकखण्डमा असार २५ देखि रात्री यातयातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...