भोजपुरमा लैंगिक हिंसा दोब्बरले वृद्धि
भोजपुर । गत आर्थिक वर्षको तुलनामा यस आवमा भोजपुरमा लैंगिक हिंसा दोब्बरले वृद्धि भएको छ । बहुविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालविवाह, घरेलु हिंसालगायतका लैंगिक हिंसा दोब्बरले वृद्धि भएको हो ।
गत आव २०७१÷७२ मा बहुविवाह एक, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी उद्योग ८ घरेलु हिंसा, ४बालविवाह १ र बलात्कार २ रहेकामा यस आव २०७३÷७४मा बहुविवाह ५ जबर्जस्ती करणी, १४ जबर्जस्ती करणी उद्योग १३, घरेलु हिंसा १८, बालविवाह २ र बलात्कारका घटना छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
यता महिला तथा बालबालिका कार्यालयमा घरेलु हिंसा र सम्बन्धविच्छेदको घटनामा उजुरी गर्न आउनेको सङ्ख्या भने नगन्य अवस्थामा छ ।
जिल्लाको ग्रामीण भेगका महिलामा सचेतनाको कमी तथा वैदेशिक रोजगारीका कारण धेरैको सम्बन्धविच्छेद हुने गरेको महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रेतीले बताए ।
प्रतिकृया दिनुहोस