विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Captu

मोरङ । विराटनगर–५ स्थित कोशी राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो । दिउँसो १ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...